Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषद्वारा सेयर मूल्य समायोजन

नागरिक लगानी कोषद्वारा सेयर मूल्य समायोजन


काठमाडौँ, असार ११
नागरिक लगानी कोषले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार यही बुधबार २२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १८ सय ८२ रूपैयाँ तोकेको हो । पछिल्लो पटक २२ सय ९६ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कोषको बजार पुँजीकरण भने ३० अर्ब ८७ करोड ८२ लाख छ हजार १६ रूपैयाँ पुगेको छ । नेप्सेमा भने कोषको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ३४ करोड ४८ लाख ६९ हजार छ सय रूपैयाँ बराबरको एक करोड ३४ लाख ४८ हजार छ सय ९६ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया