Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनाडेप लघुवित्तको तेस्रो त्रैमासिक नाफामा उच्च गिरावट

नाडेप लघुवित्तको तेस्रो त्रैमासिक नाफामा उच्च गिरावट


काठमाडौँ, असार ११
नाडेप लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक खुद मुनाफामा गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुुलनामा उच्च अंकले गिरावट आएको छ । संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा सात लाख ३३ हजार आठ सय २० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ६८ लाख ६१ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता ३६ करोड ८० लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ७८ लाख ८६ हजार रूपैयाँ निक्षेप संंकलन गरी चार अर्ब १४ करोड सात लाख तीन हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ९७ लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ३९ लाख तीन हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात आठ दशमलव ४२ प्रतिशत रहेको छ ।

संस्थाले गत आवको सोही अवधिमा भने एक अर्ब पाँच करोड ६४ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६९ करोड ६७ लाख ९७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ७९ लाख एक हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड २८ लाख ५५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया