Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकद्वारा घातक रोग बीमादाबी रकम हस्तान्तरण

एनआईसी एसिया बैंकद्वारा घातक रोग बीमादाबी रकम हस्तान्तरण


काठमाडौँ, असार ११
एनआईसी एसिया बैंकले घातक रोगको बीमादाबी रकम हस्तान्तरण गरेको छ । बैंकले ल्याएको चामत्कारिक तथा सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमाबापत बैंकका दुई जना ग्राहकहरूलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख रकम भुक्तानी गरेको हो ।

चामत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्ने नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचारबापत र सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौँंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचारका लागि उक्त रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।

सुपर चामत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमादाबी रकम बैंकले भुक्तानी गरिएको बैंकले भनेको छ ।

बैंकको न्यू प्रिमियम सुपर चामत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गरिएको छ । यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरूपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत एक लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार)सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ र सो सुविधाबाट प्राप्त हुने ग्राहकलाई फाइदा साँच्चिकै चामत्कारिक रहेको छ ।

उत्तरदायी बैंकिको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचत सँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहक महानुभावहरूमाझ ल्याउँदै आएको छ । बैंकले न्यू प्रिमियम सुपर चामत्कारिक योजनाअन्तर्गत खाता खोल्दा न्यूनतम २० हजारदेखि एक लाख ६० हजारसम्मको फाइदा हुने चामत्कारिक फाइदा योजना ल्याएको छ । ग्राहकले यस खातामा प्राप्त २१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब १४ हजार बराबर बीमा शुल्कबापत थप बुझाउनुपर्ने हुन्छ । जसकारण ग्राहकलाई करिब १४ हजार प्रत्यक्ष फाइदा पुग्छ ।

त्यस्तै कर्जासम्बन्धी चामत्कारिक सुविधाबाट एक लाख १३ हजारसम्मको फाइदा लिन सकिनेछ भने नेपालभरका एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ, निःशुल्क आइभीआर सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउटलगायत जम्मा सेवाको बजार मूल्य गणना गर्दा खातावालाले करिब ८७ हजारबराबरको फाइदा लिन सकिनेछ ।

बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका एक ६० जनाभन्दा बढी ग्राहकहरूले बीमाबापतको एक करोड ३३ लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्। यस कारण बचत खाता केबल सामान्य बचत मात्र गर्ने भन्ने मानसिकतालाई चिर्दै बैंकले ल्याएको योजनाबाट केबल बचत मात्रै नभई भविष्यमा आइपर्ने भवितव्यलाई समेत सामना गर्न आर्थिक सहयोग पुग्ने विश्वास सर्वसाधरणमा पलाएको छ । लाभग्राहीहरूले पाएको सुविधाको प्रत्याभूतिले बैंकसँगको मित्रता अझ प्रगाढ भएको बैंकले विश्वास लिएको छ ।

यस्ता योजनाहरूबाट नेपालमा बैंक खातामार्फत बचत गर्ने आम सर्वसाधरणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको छ । साथै, बचत खातासँग आबद्ध भएको बीमा सुविधा उपभोग गर्न ‘पाइँदैन कि’ भन्ने आशंका भएका ग्राहकहरूको लागि एन आईसीएसिया बैंकका विभिन्न खाताअन्तर्गत बीमा सुविधा लिने एक सय ६० जनाभन्दा बढी जना ग्राहकहरूको अनुभव उदाहरणीय बनेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया