खस्कियो फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था
अधिकांश फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था खस्किएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमध्ये हालसम्म सार्वजनिक भएको एक दर्जन कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ वित्तीय विवरणअनुसार अधिकांशको खुद नाफा घटेको छ । तीनवटा फाइनान्स कम्पनी नोक्सानीमा गएका छन् भने पाँचवटाको नाफा घटेको छ । बाँकीको सामान्य बढेको छ । आईसीएफसी, श्री इन्भेष्टमेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल फाइनान्स, गुहेश्वरी मर्चेन्ट एन्ड बैंकिङ र नेपाल फाइनान्सको खुद मुनाफा घटेको छ । पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स घाटामा गएका छन् । मञ्जुश्री फाइनानस, गुडविल, गोर्खाज र रिलायन्स फाइनान्सको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा केही बढेको छ ।
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षमा २६ करोड ५८ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा फाइनान्स कम्पनीहरूमध्ये उच्च हो । फाइनान्सको निष्क्रिय कर्जा दुई दशमलव ९७ प्रतिशत देखिएको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा २४ करोड ६९ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने तीन दशमलव २६ प्रतिशत निष्क्रिय कर्जा थियो । गुडविल फाइनान्सले पनि आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ८४ लाख २९ हजार रुपैयाँ कमाएको छ । यस अवधिमा चार दशमलव ८९ प्रतिशत निष्क्रिय कर्जा छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्स नौ करोड २३ लाख २८ हजार रुपैयाँ खुद नोक्सानीमा थियो भने निष्क्रिय कर्जा छ दशमलव ४३ प्रतिशत थियो । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ८६ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव १५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा खुद मुनाफा १५ करोड ४५ लाख ८१ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा एक दशमलव ९९ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०/८१ मा गोर्खाज फाइनान्सले भने १० करोड ८९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने १२ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले २३ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने निष्क्रिय कर्जा १९ दशमलव २५ प्रतिशत थियो । श्री इन्भेष्टमेन्ट बैंकिङ एन्ड फाइनान्सले छ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा छ । अघिल्लो आर्थिक वर्षमा सात करोड ५० लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको यो फाइनान्सको निष्क्रिय कर्जा एक दशमलव शून्य पाँच प्रतिशत थियो । रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ८९ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा छ दशमलव ६३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा आठ करोड २६ लाख १२ हजार रुपैयाँ खुद नोक्सानी बेहोेरेको यो फाइनान्सको निष्क्रिय कर्जा १२ दशमलव १६ प्रतिशत थियो ।
नेपाल फाइनान्सले गत आर्थिक वर्षमा एक करोड ८१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा नौ दशमलव ११ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यो फाइनान्सले दुई करोड एक लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा १२ दशमलव १६ प्रतिशत थियो । गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले एक करोड ५४ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा छ दशमलव ५३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सको खुद नाफा छ करोड ४८ लाख २४ हजार रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव १२ प्रतिशत थियो ।
बेस्ट फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा चार लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा दुई दशमलव ८४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा ८६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको निष्क्रिय कर्जा तीन दशमलव ४८ प्रतिशत थियो । पोखरा फाइनान्सले १० करोड ६४ लाख ५९ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ भने निष्क्रिय कर्जा नौ दशमलव ७५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यो फाइनान्सको खुद मुनाफा दुई करोड ३८ लाख ५८ हजार रुपैयाँ र निष्क्रिय कर्जा पाँच दशमलव ३८ प्रतिशत थियो । सेन्ट्रल फाइनान्सले छ करोड ३८ लाख ८० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । सेन्ट्रलको निष्क्रिय कर्जा छ दशमलव ७७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा सेन्ट्रल फाइनान्सको नाफा चार करोड ११ लाख ८२ हजार रुपैयाँ र निष्क्रिय कर्जा चार दशमलव ७७ प्रतिशत थियो । यसैगरी प्रोग्रेसिभ फाइनान्सले पनि गत अर्थिक वर्षमा तीन करोड ८० लाख ७६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । सो अवधिमा फाइनान्सको निष्क्रिय कर्जा छ दशमलव ६७ प्रतिशत छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा २९ करोड दुई लाख २९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने निष्क्रिय कर्जा नौ दशमलव ९८ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया