स्टक मार्केट विश्लेषण गर्ने सफ्टवेयर स्मार्ट वेल्थ प्रोमा नयाँ सुविधा
काठमाडौं । सेयर स्क्रिनिङ सफ्टवेयर ’स्मार्ट वेल्थ प्रोले सेयरबजार विश्लेषण गर्न नयाँ सुविधाहरू थप गरेको छ । यसले लगानीकर्ता तथा सेयर ट्रेडरहरूका लागि धितोपत्र कारोबारमा सटिक निर्णय गर्नेलाई सहज होस् भनेर नयाँ टुल्स (उपकरणहरू) ल्याएको हो । यस सफ्टवेयरमा थप भएका नयाँ सुविधाहरू प्राविधिक संकेत (टेक्निकल सिग्नल), क्यान्डलस्टिक ढाँचा (प्याट्रन), लक–इन अवधिको विवरण र सञ्चय तथा वितरण अर्थात् एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन इन टेक्निक चार्ट रहेको छ ।
प्राविधिक संकेत (टेक्निकल सिग्रल): बजार प्रवृत्तिमा अगाडि रहन
यस कम्पनीले सार्वजनिक गरेको टेक्निकल सिग्नल फिचरले वास्तविक समय सतर्कता र बजार डेटा विश्लेषणमा आधारित अन्तर्दृष्टि प्रदान गर्नेछ । यी संकेतहरूले सम्भावित खरिद र बिक्री अवसरहरू पहिचान गर्न मद्दत गर्छन् । जसले लगानीकर्तालाई छिटो निर्णय गर्न सक्षम बनाउँछ । यसका प्राविधिक संकेतहरूले सटिक डेटा प्रदान गरी मार्गदर्शन गर्नेछ । यसले व्यापारिक रणनीति सुधार गर्न र पोर्टफोलियो प्रदर्शनलाई अनुकूलित गर्नेछ ।
क्यान्डलस्टिक प्याट्रन्सः मार्केट मुभमेन्ट्स
क्यान्डलस्टिक ढाँचाहरू (प्याट्रन्स) प्राविधिक विश्लेषणको लागि एक मौलिक उपकरण हो । यस कम्पनीले ल्याएको यो फिचरले प्याट्रनलाई स्क्रिनमा सिधै ल्याउनेछ । विभिन्न क्यान्डलस्टिक संरचनाहरू पहिचान र विश्लेषण गरेर बजार भावनालाई राम्रोसँग बुझ र सम्भावित मूल्य मुभमेन्टलाई भविष्यवाणी गर्न सकिने कम्पनीले जनाएको छ । डोजी, ग्रामर, इन्गल्फिङ र थप प्रमुख ढाँचाहरूलाई हाइलाइट गर्नेछ ।
लक–इन अवधिको विवरणः प्रवर्द्धक गतिविधिमा रणनीतिक अन्तर्दृष्टि
यो सुविधाले विभिन्न स्टकहरूको लक–इन अवधिको जानकारी प्रदान गर्न सकिनेछ । संस्थापक सेयर स्थानीय र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लकइन आम सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको तीन वर्षपछि खुला हुन्छ । त्यसको सहज जानकारीका लागि लगानीकर्ताले यो सेवाको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
स्क्रिनरभित्र सञ्चय र वितरण (एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन)
सञ्चयर वितरण (एडी) सुविधा एक सञ्चयी सूचकांक हो, जसले भोल्युम र मूल्यको प्रयोग गरेर स्टक सञ्चय वा वितरण भइरहेको छ कि छैन भन्ने मूल्याङ्कन गर्छ । एडी मापनले स्ट्रक मूल्य र भोल्युम प्रवाहबीचको भिन्नता पहिचान गर्नेछ । जसले प्रवृत्ति कत्तिको बलियो छ भन्नेमा अन्तर्दृष्टि प्रदान गर्छ । यो शक्तिशाली उपकरणले बजारको आधारभूत गतिशीलतालाई बुझ्न र प्रवृत्तिको बलको आधारमा सूचित व्यापार निर्णयहरू गर्न मद्दत गर्छ ।
यो स्टक मार्केट विश्लेषण सफ्टवेयरले धेरै लगानीकर्ता र ट्रेडरहरूको लागि प्राविधिक र फन्डामेन्ट विश्लेषण गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब, नयाँ सुविधाहरू थप भएसँग यो अझ धेरै अविभाज्य हुन सेट गरिएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया