कालिका लघुवित्तको नाफा छ करोड ३१ लाख
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ३१ लाख २५ हजार सात सय ५२ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड ६९ लाख ७३ हजार छ सय ३२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार सात सय ३९ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ३५ करोड ५१ लाख ३४ हजार एक सय ४६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ३२ लाख ४५ हजार १६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ५० लाख नौ हजार चार सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव २३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३६ करोड ८९ लाख २९ हजार चार सय २६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७१ करोड पाँच लाख ३६ हजार चार सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ३६ लाख ३५ हजार तीन सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव शून्य छ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया