लघुवित्त पीडितले भने: आर्थिक क्रान्तिका लागि जनआन्दोलनमा
काठमाडौं । साढे दुई वर्षदेखि आन्दोलनरत लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले आर्थिक क्रान्तिका लागि जनआन्दोलनमा जुट्न आह्वान गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी केपी ओली सरकार दलाल पुँजीपतिहरूको संरक्षक र जनताको विरोधी भएकाले त्यसको बहिर्गमनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ ।
संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले वर्तमान सरकारको विकल्पका लागि ‘ऋण मुक्त जनता, ऋण मुक्त देश, त्यसपछि आउँछ विकासको भेल’ भन्ने नारासहित आफूहरू अघि बढेको बताए । अधिकारीले देशमा २७ लाख लघुवित्त पीडित, दुई लाख कालोसूची, पाँच लाख सहकारी पीडित त्यति नै मिटरब्याज पीडित रहँदा ओली सरकार व्यापारीको पक्षमा लाग्दै गरिबको जीवन बर्बाद गर्न लागेको आरोप लगाए । ५० लाख युवाहरू पासर्पोटमार्फत र ६० लाख बिन पासपोर्ट विदेश पलायन भइरहँदा सरकार युवा खाली गर्ने योजनामा रहेको आरोप लगाउँदे भने, ‘सन् १८१६ बाट युव बिक्रीमार्फत देश चलाउने प्रक्रिया आजको ओली सरकारसम्मले त्यसलाई झन् बढावा दिएको छ ।’
समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तको ज्यादतिको कारण १५ सयभन्दा बढीको साहदत भएको बताउँदै, साढे दुई वर्षदेखि आन्दोलन गरिए पनि सरकारले आफ्ना मागहरूको सम्बोधन नगरेकाले अब जनआन्दोलनमार्फत माग पूरा गर्ने चेतावनी दिए । त्यसैगरी लेखा विभाग संयोजक रमेश सेन्चुरीले आर्थिक वर्ष २०८०/८१को आय–व्ययको विवरण प्रस्तुत गर्दै आम्दानी १२ लाख १३ हजार छ सय रहेको र खर्च रकम १६ लाख ४३ हजार छ सय रहेकोमा ऋण चार लाख ३० हजार रहेको जानकारी दिए ।
पुनर्स्थापना विभाग प्रमुख फत्तेबहादुर पुनले गरिब तथा सर्वहारा जनताहरू लघुवित्त तथा वित्तीय ज्यादतीबाट मुक्त नभए वर्तमान सरकारलाई जनआन्दोलनबाट हटाउने चेतावनी दिए । बागमती प्रदेश इन्चार्ज धनकुमारी विकले सरकारले लाखौँ दिदीबहिनीको माग पूरा नगरे काली, चण्डी, रणचण्डीको रूप धारण गरी ओली सरकारविरुद्ध सडक तताउने चेतावनी दिइन् ।
अर्थ विभाग प्रमुख तथा प्रथम विद्रोही शिखा रेश्मीले दलाल र माफियालाई संरक्षण र गरिबलाई पीडा दिने सरकारविरुद्ध अन्तिमसम्म लड्ने चेतावनी दिइन् । लुम्बिनी प्रदेश अध्यक्ष बर्दी देवानले साढे दुई वर्षदेखि निरन्तर आन्दोलन गर्दा पनि सरकारले नसुनेको आरोप लगाउँदै भने, ‘सरकार तयार हुँदा पनि एमाले कार्यकर्ता राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले मानेनन्, अब त एमालेकै प्रधानमन्त्री छन् ।’ कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वयम्सेवक नेपालका अध्यक्ष मनोज पौडेलले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव
- ‘सबैका घरघरमा एक वर्ष भित्र विद्युत् पुर्याइने’
- एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
- जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
- राजनीतिमा शुद्धीकरण गर्नु अत्यन्त जरुरी छ: मन्त्री गुरुङ
- एमाले सचिवालय बैठक ३ बजे देखि सुरू
- भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन
- ईसीबीले ब्याजदरमा कटौती गर्ने सङ्केत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया