ग्रामीण विकास लघुवित्तद्वारा उत्कृष्ट महिला सदस्यहरू सम्मानित
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिकोत्सव विभिन्न प्रदेशहरूमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ । २०७१ साल श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरू एकीकृत भई स्थापना भएको संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरी मनाएको हो ।
संस्थाको विराटनगरस्थित सञ्चालन तथा सुपरीवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्रअन्तर्गतका ४२ वटा शाखा कार्यालयहरूबाट छनोट गरिएका ४८ जना उत्कृष्ट महिला सदस्यहरूलाई जनही १० हजार रुपैयाँको दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्यो । कार्यक्रममा सहभागी सदस्यहरूलाई दूरीअनुसार एक हजारदेखि पाँच हजारसम्म यातायात तथा खाना खर्च पनि उपलब्ध गराइएको थियो ।
झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरका विभिन्न स्थानबाट आएका सदस्य तथा अभिभावकहरूलाई बरगाछीस्थित कञ्चनजङ्घा ब्याङ्केटमा वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षकद्वय मोतिराम अधिकारी र कुमार बहादुर सिंहले यस विषयमा विशेष कक्षा सञ्चालन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा संस्थामा २५ वर्ष अनवरत सेवा पुर्याएका ६४ जना कर्मचारीहरूलाई दीर्घसेवा पदक र कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
- जापानमा ‘एच२ए रकेट’ को प्रक्षेपण पुनः स्थगित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया