आशा लघुवित्तको खुद नाफा छ करोड ८९ हजार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ लाख ८९ हजार आठ सय ७३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक लाख ४८ हजार एक सय ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड १६ लाख १६ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा दुई अर्ब ८० करोड ३५ लाख ७१ हजार छ सय ८० रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ४८ करोड ८० लाख ३९ हजार चार सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४४ करोड ११ लाख ८० हजार तीन सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १४ करोड ५१ लाख ३५ हजार तीन सय ५६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ५६ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ८२ करोड ३९ लाख ९८ हजार नौ सय ८९ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ९२ करोड ८७ लाख ७७ हजार आठ सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २३ करोड ७२ लाख ६५ हजार दुई सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा १० करोड २१ लाख ३३ हजार पाँच सय ३३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ७९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया