राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जामा नयाँ योजना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सात दशमलव ७७ प्रतिशत व्याजदरमा सवारी कर्जा दिने भएको छ । नजिकिँदै गरेको नेपालीहरूको महान चाडपर्व उत्सव योजनाअन्तर्गत सात दशमलव ७७ प्रतिशतस्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनका लागि फेस्टिभ अफर अफ भेहिकल लोन गाडी कर्जा योजना ल्याएको छ ।
बैंकका अनुसार मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्नेगरी बैंकले अधिकतमा एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्नेछ । कर्जा रकमको शून्य दशमलव ५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (ईभी)को हकमा बढीमा ८० प्रतिशत र पेट्रोल÷डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ एक गतेदेखि कार्तिक मसान्तसम्म मात्र लागू हुने छ । यो योजनाअन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर व्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको सात कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुनेछ ।
बैंकका अनुसार यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव
- ‘सबैका घरघरमा एक वर्ष भित्र विद्युत् पुर्याइने’
- एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
- जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
- राजनीतिमा शुद्धीकरण गर्नु अत्यन्त जरुरी छ: मन्त्री गुरुङ
- एमाले सचिवालय बैठक ३ बजे देखि सुरू
- भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन
- ईसीबीले ब्याजदरमा कटौती गर्ने सङ्केत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया