प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को खुद नाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको यही भदौ सात गते बसेको सञ्चालक समितिको १६औं बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । यसबाहेक कम्पनीले चुक्ता पुँजीवृद्धिको लागि सात प्रतिशत हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गरेको छ । बीमा प्राधिकरणको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी पाँच अर्ब रुपैयाँ कायम हुनुपर्नेछ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी चार अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ । यसबाट अपुग हुने चुक्तापुँजीको लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरिएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया