Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रामीण विकास लघुुवित्तमा सञ्चालक परिवर्तन

ग्रामीण विकास लघुुवित्तमा सञ्चालक परिवर्तन


काठमाडौँ, असार १५
ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन भएको छ । संस्थाका अनुसार संस्थापक सेयरधनी समुह नेपाल राष्ट्र बैंकको तर्फबाट सञ्चालक समितिमा सञ्चालकरूपमा रहेका वीरेन्द्रदत्त अवस्थीको ठाउँमा नेपाल राष्ट्र बैंकको यही असार नौ गतेको पत्रअनुसार असार १० गते देखि नै लागू हुुनेगरी राजेन्द्र भट्टराईलाई मनोनयन गरिएको हो ।

संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड १२ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १६ करोड ४४ लाख १७ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ९८ करोड २५ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ५८ करोड ५२ लाख छ हजार रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५४ करोड २९ लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६६ करोड ३३ लाख २२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ करोड ४२ लाख ३९ हजार रूपैयाँ रहेको छ ।

संस्थाले गत आवको सोही अवधिमा तीन अर्ब नौ करोड ४२ लाख ७४ हजार रूपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ६८ करोड ३० लाख चार हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६६ करोड ५३ लाख २० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ करोड ११ लाख २५ हजार रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया