पाँच करोड ५८ लाख नाघ्यो बैंकहरुको निक्षेप खाता
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेको निक्षेप खाताको संख्या पाँच करोड ५८ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म सञ्चालनमा रहेका ५४ वित्तीय संस्थामा कुल पाँच करोड ५८ लाख ९५ हजार सात सय ८० वटा निक्षेप खाता सञ्चालनमा छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ लाख १७ हजार आठ सय ५७ ले बढी हो । अघिल्लो आर्थिक वर्षमा निक्षेप खाता संख्या पाँच करोड ११ लाख ७७ हजार नौ सय २३ थियो ।
अर्थतन्त्रमा समस्या देखिँदा मानिसहरुले अन्य क्षेत्रमा लगानी गर्नेभन्दा पनि बैंकमा निक्षेप राख्न सुरक्षित ठानेका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेको संख्या बढेको देखिन्छ । बैंकरहरुले पनि निक्षेप राख्न आउने ग्राहकको संख्या उच्च रहेको बताउने गरेका छन् । यही कारण बैंकको निक्षेप बढ्दो क्रममा छन् । बैंकहरुले निक्षेप राख्न आउनेको तुलनामा कर्जा माग्न आउने ग्राहकको संख्या न्यून रहेको बताएका छन् । विकास बैंकहरुमा सञ्चालनमा रहेका कर्जा खाता गत आर्थिक वर्षको तुलनामा घटेको छ ।
वाणिज्य बैंकहरुमा गत आर्थिक वर्षमा चार करोड ७८ लाख ८४ हजार सात सय ५५ वटा निक्षेप खाता सञ्चालनमा छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९ लाख दुई हजार आठ सय ६७ वटाले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुमा चार करोड ३९ लाख ८१ हजार आठ सय ८८ वटा निक्षेप खाताहरु सञ्चालनमा थिए । विकास बैंकहरुमा भने पछिल्लो अवधिमा ७१ लाख १८ हजार एक सय दुईवटा निक्षेप खाताहरु सञ्चालनमा छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा सात लाख चार हजार चार सय १३ वटाले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुमा कुल ६४ लाख १३ हजार छ सय ८९ वटा निक्षेप खाता सञ्चालनमा थिए ।
फाइनान्स कम्पनीहरुमा निक्षेप खाता संख्या आठ लाख ९२ हजार नौ सय २३ वटा खाता सञ्चालनमा छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा एक लाख १० हजार पाँच सय ७७ वटाले बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुमा यस्तो खाता संख्या सात लाख ८२ हजार तीन सय ४६ वटा थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा खाता संख्या १८ लाख ९३ हजार दुई सय ७० छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ हजार ५७ वटाले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा खाता संख्या १८ लाख ४५ हजार दुई सय १३ वटा रहेको थियो ।
वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेको कर्जा खाता संख्या १५ लाख ६७ हजार पाँच सय आठ छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ हजार तीन सय १५ वटाले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो खाता संख्या १५ लाख १२ हजार एक सय ९३ थियो ।
विकास बैंकहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाता संख्या दुई लाख ८२ हजार छ सय २७ छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा आठ हाजार छ सय नौवटाले कम हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाता संख्या दुई लाख ९१ हजार दुर्ई सय ३६ थियो ।
समीक्षा अवधिमा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाता संख्या ४३ हजार एक सय ३५ छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा एक हजार तीन सय ५१ वटाले मात्र बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुमा कुल ४१ हजार सात सय ८४ वटा मात्र कर्जा खाता सञ्चालनमा रहेको राष्ट्रको तथ्याङ्कमा देखिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
- कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा मैनाली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया