Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न होल्डिङ सेन्टरमा खानेपानी वितरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न होल्डिङ सेन्टरमा खानेपानी वितरण


काठमाडौँ, असार १५
राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना महामारीको अवस्थामा सरकारले सञ्चालन गरिरेहको विभिन्न होल्डिङ सेन्टरहरूमा खानेपानी वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत खानेपानी वितरण गरेको हो ।

कोरोना महामारीको अवस्थामा देश बाहिर रहनुभएका विभिन्न नागरिकहरूलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेपछि विभिन्न होल्डिङ सेन्टरहरूमा राखी घर पठाउने गरेको र उक्त होल्डिङ सेन्टरहरूहरूको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाद्य सामग्रीलगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेकोमा बैंकको वाग्मती प्रदेश कार्यालयमार्फत तीनवटा होल्डिङ सेन्टरहरूमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।

सो अवसरम बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरूको उपस्थितिमा काठमाडौँं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ सेन्टरमा नेपाली सेनाका अधिकृतहरूलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आवश्यक पर्ने खानेपानी गरेका हुुन् ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुुई सय ४० वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब तीन करोड ६३ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब ४९ करोड ९५ लाख १० हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब चार करोड ७९ लाख ५७ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब चार अर्ब ५७ करोड ११ लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब ६७ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ९३ करोड ३१ लाख ८१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले एक खर्ब ८९ अर्ब २५ करोड ५३ लाख ३५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब दुुई करोड २८ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब ३७ करोड ९७ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया