कटहरियामा नेपाल बैंकको शाखा
काठमाडौं । नेपाल बैंकले कटहरिया शाखाको उद्घाटन गरेको छ । बैंकका अनुसार रौतहट जिल्ला, कटहरिया नपा वडा नं ५, मा बैंक शाखा स्थापनाको ५० वर्षपछि कटहरियास्थित आफ्नै ग्राहकमैत्री नवनिर्मित भवनको उद्घाटन भएको हो । उद्घाटनसँगै बैंकको यस नयाँ भवनबाट सम्पूर्ण बैंकिङ कारोबारहरू हुने भएको छ ।
नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशैभरि रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोबार सञ्चालन गर्दै आएको छ । जनस्तरमा भिजेको र नेपाल सरकारको अधिकांश सेयर स्वामित्व रहेको बैंकले आधुनिक प्रविधिमा आधारित समयानुकूल बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकले भर्खरै निक्षेप संकलनको लागि निक्षेपकर्ताले सिधै मेसिनमार्फत् नगद जम्मा गर्न सक्ने प्रणालीको सुरुवात गरेको छ । साथै, आधुनिक कल सेन्टरमार्फत् ग्राहक सेवालाई अभिवृद्धि गर्न बैंकमा कल सेन्टर समेत कार्यान्वयनमा आइसकेको छ । बैंकले हाल देशभर दुई सय २९ वटा शाखा, ५९ एक्टेन्सन काउन्टर र दुई सय चार वटा एटीएम काउन्टरबाट सेवा सञ्चालन भइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया