नेपाल प्रहरीलाई मेरो माइक्रोफाइनान्सको सहयोग
काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त स्वयम्भु काठमाडौंलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त स्वयम्भुमा रहेका क्विक रेस्पोन्स टिम (क्युआरटी) लाई २० थान हेल्मेट, फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड र पञ्जा हस्तान्तरण गरेको हो । उक्त सामग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रहरी वृत्त स्वयम्भुका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई हस्तान्तरण गरेका हुन् ।
स्वयम्भु क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरूलाई चेकिङ गर्न, गस्ती गर्न तथा जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको हो । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक तथा आर्थिकरूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको संस्थाको देशका ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत एक लाख ५० हजारभन्दा बढी विपन्न घरपरिवारहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया