मिरा बायोटेकले आईपीओ जारी गर्ने
काठमाडौं । औषधि उत्पादक कम्पनी मिरा बायोटेक लिमिटेडले पुँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको कम्पनीले आईपीओ जारी गर्नका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एड्भाईजरी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा विनोद साहबीच हस्ताक्षर भएको छ । दक्षिण कोरियाको ईयु बायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत सेयर आमसर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।
नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकहरूको पहलमा स्थापित मिरा बायोटेक अन्तर्राष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधिहरू उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब दुई दर्जन ब्रान्डका औषधि उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सिईओ सुशील पौडेलले जानकारी दिए ।
हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी वृद्धि गर्दैछ । पुँजीवृद्धि पछि यस कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एड्भाईजरी सम्झौता गरेको हो ।
एलिट क्यापिटलले एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीलाई समेत पब्लिक कम्पनीमा रूपान्तरण, पुँजीवृद्धि र व्यावसायिक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । मिरा बायोटेकलाई पनि आईपीओ निष्काशन अगाडि पुँजीवृद्धि, ब्रान्डिङ र बजारीकरणका लागि वित्तीय व्यवस्थापकीय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अन्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव
- ‘सबैका घरघरमा एक वर्ष भित्र विद्युत् पुर्याइने’
- एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
- जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने
- राजनीतिमा शुद्धीकरण गर्नु अत्यन्त जरुरी छ: मन्त्री गुरुङ
- एमाले सचिवालय बैठक ३ बजे देखि सुरू
- भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन
- ईसीबीले ब्याजदरमा कटौती गर्ने सङ्केत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया