Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बङ्गलादेश बैंकको ९६औं शाखा काँडाघारीमा

नेपाल बङ्गलादेश बैंकको ९६औं शाखा काँडाघारीमा


काठमाडौं, असार १६
नेपाल बङ्गलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौँं जिल्लाको काँडाघारीमा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट काठमाडौँं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरी औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक समुद्घाटन बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङानाले गरेका हुुन् । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् । काँडाघारी शाखासहित बैंकले ९६ शाखा, सातवटा एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया