Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकलाई केयर रेटिङसमा ए प्लस

राष्ट्रिय वाणिज्य बैंकलाई केयर रेटिङसमा ए प्लस


काठमाडौं, असार १६
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङस नेपालद्वारा गरिएको रेटिङसमा ए प्लस रेटिङस प्राप्त गरेको छ । केयर रेटिङसमा ए प्लस रेटिङसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । राष्ट्रिय वाणिज्य बैंक गत आव २०७५/०७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रूपैयाँ मुनाफा कमाउन सफल भएको र आव २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रूपमा रहेको छ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुुई सय ४० वटा शाखा कार्यालय, दुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया