Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संघसंस्थाहरूलाई सहयोग

मुुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संघसंस्थाहरूलाई सहयोग


काठमाडौं, असार १६
मुक्तिनाथ विकास बैंकले विभिन्न संघसंस्थाहरूलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशको विभिन्न स्थानहरूका संघसस्थाहरूलाई सहयोग गरेको हो । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरूको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरू कोरोना भाइरस संक्रमितहरूसँग प्रत्यक्ष सम्पर्कमा रहँदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

यसका साथै, शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको दुर्गादेवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई ५० हजार रूपैयाँबराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टबिन हस्तान्तरण गरेको छ । साथै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि २५ हजार रूपैयाँबराबरको आर्थिक सहयोग गरेको छ ।

बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको हो । बैंकले हाल ४२ जिल्लामा एक सय ३६ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया