Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचार्टड एकाउन्टेन्टद्वारा आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव

चार्टड एकाउन्टेन्टद्वारा आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव


काठमाडौं, असार १६
चार्टड एकाउन्टेन्टहरूको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसँग सम्बन्धित नीतिहरूमा सहजीकरणका लागि आग्रह गरेका हुुन् ।

अध्यक्ष वाग्लेको नेतृत्वमा गएको संघका पदाधिकारीहरूले कोभिड १९ ले सृजना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे एक प्रतिवेदन गभर्नर अधिकारीलाई बुझाउँदै मौखिक सुझाव समेत दिएको छ । प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुँजीकृत कसरी गर्ने, ऋणको वर्गीकरण र प्रोभिजनमा अब कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाइ र त्यसको समाधानलगायतका विषय समेटिएका छन् ।

अध्यक्ष आनन्द वाग्लेको नेतृत्वमा भेट्न गएका संघका पदाधिकारीहरूको कुरा सुनेपछि गभर्नर महाप्रसाद अधिकारीले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरूलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय सुशासन सन्तुलन रहने गरी काम गरिदिन आग्रह गरेका छन् । साथै प्रतिवेदनमा रिभेन्यु अडिट बैंकहरूको शाखाको अडिट, नेपालबाट विदेशमा पुँजी तथा लाभांश लैजाँदा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट या लाभांश र पुँजी, ओभरड्राफ्ट लोन लिँदा सीएको सिफारिस चाहिने व्यवस्था चालू पुँजी प्रमाणपत्र तथा सीएहरूसँगै उनीहरूको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था मौद्रिक नीतिमा उल्लेख गर्नुुपर्ने सुझाव दिएका छन् ।

गभर्नर अधिकारीले भने, सबैले आ–आफ्ना व्यवसायको हित हुनेगरी आगामी मौैद्रिक नीतिका लागि सल्लाह सुझाव दिइरहेका छन् तर सबै क्षेत्रमा सन्तुलन रहने गरी काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टड एकाउन्टेन्टहरूको भूमिका महत्वपूर्ण रहन्छ । त्यस्तै गभर्नर अधिकारीले मौद्रिक नीतिमा लेखा र लेखा परीक्षणलाई मौद्रिक नीतिमा भिन्नै शीर्षक दिनलाई राष्ट्र बैंकका अधिकारिलाई निर्देशन दिएका छन् ।

अध्यक्ष वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तीमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउनलाई राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

त्यस्तै राष्ट्र बैंकसँगको छलफलको लागि सहजीकरणको भूमिका निभाएका उपाध्यक्ष रमेश धितालले गभर्नर को जिज्ञासामा एनएफआरएसमा हाल रहेका प्रभावकारी ब्याजदर, कन्सोलिडिएसन, लगायतका कार्भ आउटको बारेमा र यसको अवधि र कार्यान्वयनमा रहेका चुनौतीबारे सुझाव दिएका छन् । उनले अन्तर्रास्ट्रिय मापदण्डअनुरूप एनएफआरएस परिमार्जनपश्चात् ईसीएल मोडल कार्यान्वयनमा राष्ट्र बैंकसँग काम गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्ट संघ इच्छुक रहेको बताए ।

छलफलमा गभर्नर अधिकारीसहित राष्ट्र बैंकको तर्फबाट नियमन विभागका कार्यकारी निर्देशक देव ढकाल र टिकाराम खतिवडा उपस्थित थिए भने संघको तर्फबाट उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुवेदीलगायतको उपस्तिथि थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया