Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई र कमर्स प्लेक्सबीच साझेदारी

आइएमई र कमर्स प्लेक्सबीच साझेदारी


काठमाडौं । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच एक कार्यक्रमको आयोजना गर्दै रेमिट्यान्ससम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खानलगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरिद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित रहेका थिए ।

कमर्स प्लेक्स सिमपैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा फिन्ट्रेसद्वारा सञ्चालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसायले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो ।

कार्यक्रममा बोल्दै कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुखश्री शाहरोजले भनेः‘आइएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाडि बढेको छ ।’

आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीचयो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने विश्वास व्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ । आइएमई लिमिटेड रेमिट्यान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x