युनिक लघुवित्तले एक वर्षमा कमायो झण्डै पाँच करोड
काठमाडौँ । युनिक लघुवित्त वित्तीय संस्थाले पछिल्लो एक वर्षमा झण्डै पाँच करोड रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चार करोड ७९ लाख ५३ हजार चार सय ४३ रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड ९० लाख २४ हजार पाँच सय ९७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा दुई अर्ब ४८ करोड ३२ लाख २१ हजार नौ सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब आठ करोड २१ लाख १३ हजार पाँच सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ५१ हजार चार सय ११ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १२ दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ३२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५० करोड ८० लाख ७३ हजार एक सय ८७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४९ करोड १९ लाख ५४ हजार छ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ७५ लाख ९८ हजार छ सय नौ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १४ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ७२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया