स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरतासम्बन्धी गोष्ठी
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय लुभु, ललितपुरले वित्तीय संस्थामा आबद्ध केन्द्र प्रमुख तथा अभिभावकको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।
एक सदस्य एक लघुवित्त भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यहरूको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायजस्ता विषयमा केन्द्रित थियो ।
कार्यक्रममा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यलाई सानो–सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरणप्रति सजग गराउने, बहुबैंकिङबाट बच्न सिकाउने, आवश्यकताअनुसारको कर्जा कारोबार गरी उद्यमशील बनी आर्थिकरूपमा सक्षम बनाउनेजस्ता कार्यहरू गरी समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाएकोमा संस्थाको प्रशंसा गरिन् ।
वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताइन् । यस वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्नो व्यापार व्यवसायलाई सफल बनाउन सुझाव दिए । संस्थाले आफ्ना कारोबारलाई प्रविधिमैत्री बनाई पारदर्शी बनाउनेतर्फ अगाडि बढेको बताए । एक सय ५० जनाभन्दा बढी सहभागी सदस्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थाको तालिम विभाग प्रमुख मोहित नारायण यादव तथा शाखा कार्यालय लुभुका कर्मचारीको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया