बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले डिजिटल वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संघका अनुसार इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सात वटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो ।
डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तीब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका चार सयभन्दा बढी बैंकिङ अधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा डिजिटल वित्तीय सेवाको बुझाइमा थप विकास गर्ने, आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्नेे, ग्राहकको चेतनाको स्तर अभिवृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्नेलगायतका विषयमा केन्द्रित थियो ।
कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोबार, बढ्दै गइरहेको साइबर ठगी र त्यससँग सम्बन्धित बढ्दो चुनौतीजस्ता प्रमुख विषयहरू समेटेको थियो । त्यसैगरी सहभागीलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमको व्यावहारिक पक्षको बारेमा जानकारी गराउँदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रमले डिजिटल वित्तीय सेवाबारे बैंकका कर्मचारीले पुर्याउनुपर्ने भूमिकालाई जोड दिँदै कर्मचारीहरूको आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी डिजिटल वित्तीय सशक्तीकरणतर्फ नेपालको यात्रामा एउटा महत्वपूर्ण योगदान पुर्याउनुका साथै सुरक्षित र समावेशी डिजिटल वित्तीय वातावरण प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया