नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरू साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा÷छोरी)लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा आठ प्रतिशत छुट दिने भएको हो ।
सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । यो सम्झौताबाट एनआईएमबीका ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकको विश्वास छ । गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेस्टुरेन्ट, सपिङ मललगायतका दर्जनौँ विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया