Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगदरहित बीमासम्बन्धी सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगदरहित बीमासम्बन्धी सम्झौता


काठमाडौं । महिन्द्रा फोर ह्विलरको विराटनगर, इटहरी, धरानका आधिकारिक विक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाइन्टले नगदरहित दाबीका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)सँग सम्झौता गरेको छ । सोसम्बन्धी आधिकारिक विक्रेताको तर्फबाट इस्टन अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापश्चात महिन्द्राका ग्राहकले सवारीसाधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउने छन् । उक्त अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधिहरू, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधिहरू, स्थानीय बैंकका प्रतिनिधिहरू, बीमा सर्भेयरलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x