कोशीका सांसदलाई राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोशी प्रदेशसभाका सदस्यलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । मंगलबार कोशी प्रदेशसभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले प्रदेश सभाका सदस्यलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रूपमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर बिष्टले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै व्यवसायीहरू व्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेको भन्दै त्यसको लागि बैंकहरूको व्याजदर स्थिर हुनुपर्ने बताए । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको वर्तमान अवस्था एवं बैंकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेकी थिइन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर क्षेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानुनी आधार बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, व्याजदर, बैंक, उत्पादन र रोजगारीबीचको सम्बन्ध, विकास आवश्यकता छनौट लगायतका विषयमा प्रदेशसभा सदस्यहरूले जिज्ञासा राखेका थिए । कार्यक्रममा संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया