Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहाथवे इन्भेस्टमेन्टले बोनस सेयर वितरण गर्ने

हाथवे इन्भेस्टमेन्टले बोनस सेयर वितरण गर्ने


काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्ने समेत घोषणा गरेको छ । घोषित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । कम्पनीको यही भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x