पीयु शिक्षण अस्पताललाई सिद्धार्थ बैंकको अपरेसन थिएटर टेबल सहयोग
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा दिपेन्द्र कुमार यादवलगायतको पनि उपस्थिति रहेको थियो ।
यो सहयोगले बिरामीले उच्चस्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ । यसैगरी बैंकले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको उद्घाटन गर्दै उक्त हल विद्यालयललाई औपचारिकरूपमा हस्तान्तरण गरेको छ । उक्त हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाद्वारा गरिएको हो ।
बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणजस्तै सोलार, युपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीको आवश्यकतालाई पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्म भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया