Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको ९५औं शाखा मोरङको सलकपुरमा

सिटिजन्स बैंकको ९५औं शाखा मोरङको सलकपुरमा


काठमाडौं, असार १७
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा सोमबारबाट सलकपुर शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजापाठ गरी मोरङ जिल्लाको सलकपुर शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैकले सबै क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको जानकारी दिएको छ ।

उक्त शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा सात लाखका दरले ४९ लाख, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब छ लाख तथा विभिन्न संघसंस्थालाई छ लाख गरी हालसम्म कुल ६१ लाखको सहयोग गरेको छ ।

विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकहरूको वित्तीय आवश्यकताहरू चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हरसम्भव प्रयास गरिरहेको छ । नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकल लकडाउनको अवधिमा पनि ग्राहकहरूको सुविधाका लागि अत्यावश्यक सेवाहरू जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरूमध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया