Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकद्वारा दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ भुक्तानी

कुमारी बैंकद्वारा दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ भुक्तानी


काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकका अनुसार चितवनको भरतपुर महानगरपालिका–२ निवासी खातावाल सुष्मा श्रेष्ठको दुर्घटनामा परेर मृत्यु भएको थियो । सुष्माको मृत्यु भएपछि उनका श्रीमान् इन्द्रनारायण श्रेष्ठलाई बीमाबापतको १० लाख रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त रकम कुमारी बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा जीआईसी इन्स्योरेनस लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंकले रकम भुक्तानी गरेको हो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बीमा सुविधा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x