Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रेलगायत छ बैंकले सिंगटी हाइड्रोमा लगानी गर्ने

माछापुच्छ्रेलगायत छ बैंकले सिंगटी हाइड्रोमा लगानी गर्ने


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६ दशमलव ५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा छ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।

आइतबार आयोजनाको प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट विनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुङ्ग्याएका हुन् । १६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ७५ प्रतिशत अर्थात् १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवद्र्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ ।

आयोजनामा ग्लोबल आइएमई, एभरेस्ट, एसबीआई, कृषि विकास र लुम्बिनी विकास बैंक समेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत् विकास प्रालिद्वारा प्रवद्र्धित लान्द्रुक मोदी जलविद्युत् आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्छ । जलविद्युत् विज्ञहरूका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात् सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । उक्त आयोजनाको हेडवक्सदेखि विद्युत् गृहसम्मको बास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ ।

नेपाली जलविद्युत् आयोजनामा यो लेभलको उचाइ सबैभन्दा धेरै हो । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता पीपीए भइसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवद्र्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x