Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु महालक्ष्मी लाइफको साधारणसभा आह्वान

प्रभु महालक्ष्मी लाइफको साधारणसभा आह्वान


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज २३ गते नक्सालको भाटभटेनीस्थित आम्रपाली बैंकेटमा आफ्नो सातौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत १७ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस तथा हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पाँच करोड ६३ लाख ९२ हजार रुपैयाँ पुग्ने छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही असोज २३ गते सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x