गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी
काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही भदौ ३१ गते बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रेग्मीलाई नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार विगत दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज एक गते मंगलबारदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरेको अनुभव रहेको छ ।
बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेसामा आबद्ध रहेका रेग्मीसँग बैंकिङलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको लेखापरीक्षण कार्य गरेको अनुभव समेत रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया