एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
काठमाडौँ । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी कुल चार खर्ब २५ अर्ब १२ करोड रुपैयाँ थियो । चालू आर्थिक वर्षको साउनसम्म बैंकहरूको चुक्ता पुँजी ११ अर्ब २८ करोड ८० लाख रुपैयाँले बढेर चार खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ पुगेको छ ।
एक वर्षमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी नौ अर्ब १६ करोड ३० लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको साउन मसान्तसम्म तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेकोमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी अहिले बढेर तीन खर्ब ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ । विकास बैंकहरूको चुक्ता पुँजी गत साउनमा ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ९६ करोड ४० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी गत साउनमा १५ अर्ब २१ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा १६ करोड १० लाख रुपैयाँ बढी हो । एक वर्षअघि साउनमा १५ अर्ब पाँच करोड ६० लाख रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या छ हजार चार सय ८६ पुगेको छ । जुन एक वर्षअघि साउनको तुलनामा ४५ वटा बढी हो । गत वर्ष साउनमा कुल शाखा संख्या छ हजार चार सय ४१ थियो । चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंकिङ क्षेत्रमा कायम रहेको कुल शाखा संख्यामध्ये वाणिज्य बैंकहरूको पाँच हजार ६३, विकास बैंकहरूको एक हजार एक सय ३५ र फाइनान्स कम्पनीहरूको दुई सय ८८ वटा रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको पाँच हजार २१, विकास बैंकहरूको एक हजार एक सय ३१ र फाइनान्स कम्पनीहरूको दुई सय ८९ वटा शाखाहरू सञ्चालनमा थिए ।
एक वर्षअघि बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित)को कुल संख्या एक सय १२ वटा थिए । जसमध्ये वाणिज्य बैंक २०, विकास बैंक १७, फाइनान्स कम्पनी १७, लघुवित्त वित्तीय संस्था ५७ र पूर्वाधार विकास बैंक एउटा थिए । यस वर्ष साउनसम्म यस्तो संख्या घटेर एक सय सातवटामा झरेको छ । जसमध्ये वाणिज्य बैंक २०, विकास बैंक १७, फाइनान्स १७, लघुवित्त वित्तीय संस्था ५२ र पूर्वाधार विकास बैंक एउटा सञ्चालनमा छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया