Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारमा उछाल

सेयर बजारमा उछाल


काठमाडौं, असार १८
सेयर बजारमा बुुधबार पनि उछाल आएको छ । अघिल्लो दिन बजारलाई नियन्त्रणमा राख्न तीन पटक सर्किट ब्रेक लगाइएकोमा यसदिन पनि बजारलाई नियन्त्रणमा राख्न तीन पटक सर्किट ब्रेक लगाइएको छ । यसदिन कारोबार खुुलेको पहिलो १३ मिनेटमा नै बजार परिसूचक चार प्रतिशत बढेर २० मिनेटको लागि बन्द भएको थियो । सोपश्चात् खुुलेको सेयर बजार पुुनः ३५ मिनेटमा पाँच प्रतिशतले बढेको थियो । यसरी उच्चरूपमा बढेको सेयर बजारलाई नियन्त्रणमा राख्न दोस्रो पटक ४० मिनेटको लागि सर्किट ब्रेक लगाइएको छ । दोस्रो सर्किट ब्रेकपछि बजार खुुलेको नौ मिनेट नपुुग्दै बजार पुनः एक प्रतिशतले बढेपछि यसदिन दिनभरको लागि सेयर कारोबार बन्द गरिएको छ ।

सोही आधारमा यसदिन बजार परिसूचक ७५ दशमलव ७७ अंकले उकालो लागेर १३ सय ३६ दशमलव ५२ बिन्दुमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव एक अंकले उकालो लागेर दुुई सय ८७ दशमलव एक बिन्दुुमा चढेको छ । यसदिन एक सय ३५ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार तीन हजार आठ सय ९० वटा कारोबारमा ११ लाख एक हजार दुई कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४० करोड ७३ लाख ५२ हजार दुुई सय ४७ रूपैयाँ पुुगेको छ ।

यसदिन धितोपत्र बजारमा १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये होटल समूहको सूचक पाँच दशमलव १५ अंकले ओरालो लागेर १४ सय ७७ दशमलव २६ बिन्दुुमा झरेको भए पनि बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ८२ दशमलव तीन अंकले उकालो लागेर ११ सय ७२ दशमलव ३० बिन्दुुमा चढेकोमा विकास बैंक समूहको सूचक ५७ दशमलव छ अंकले उकालो लागेर १७ सय ४७ दशमलव ३९ बिन्दुुमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि ३३ दशमलव ६७ अंंकले उकालो लागेर नौ सय ५९ दशमलव ७७ बिन्दुुमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि यसदिन तीन सय २२ दशमलव ४१ अंंकले उकालो लागेर पाँच हजार छ सय ५९ दशमलव ३५ बिन्दुुमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि पाँच सय ४८ दशमलव ५३ अंकले उकालो लागेर सात हजार नौ सय ३० दशमलव ५७ बिन्दुुमा चढेको छ । यसबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ३३ दशमलव ४८, चार दशमलव ७५, एक सय दुुई दशमलव ५७, २० दशमलव ९४ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सिटिजन्स बैंक इन्टरनेसनलको सेयर मूल्य १० रूपैयाँले बढेर एक सय ९८ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सानाकिसान लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९८ पैसाले बढेर ११ सय ९० रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, बुुटवल पावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेसनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन रूपैयाँ ९२ पैसाले घटेर १५ सय १९ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको सेयर मूल्य तीन रूपैयाँ २७ पैसाले घटेर दुुई सय ९६ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, आईसीएफसी फाइनान्स आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । कम्पनीको प्रतिकित्ता १२ सय ६० रूपैयाँ अन्तिम मूल्यमा छ करोड ७६ लाख ९४ हजार नौ सय ३१ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुमारी बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ११ रूपैयाँ अन्तिम मूल्यमा चार करोड ९९ लाख ५० हजार रूपैयाँको किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया