Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार आइतबारबाट

मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार आइतबारबाट


काठमाडौं, असार १८
मेगा बैंक र गण्डकी विकास बैकले आगामी आइतबार अर्थात् यही असार २१ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । मेगाले डण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडको नाउँबाट एकीकृत कारोबार गर्न लागेको हो । एकीकृत कारोबारको लागि मेगाको यही जेठ २१ गते सम्पन्न भएको विशेष साधारण गण्डकीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोपश्चात् राष्ट्र बैंकले यही असार १० गते एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्टर्डको कार्यालय यही असार १४ गते एकीकृत कारोबारको लागि स्वीकृति दिएको थियो । दुुबै निकायको स्वीकृतिपश्चात् मेगाले यही असार २१ गते गण्डकीलाई प्राप्ति गरी एकीकृत कारोबार गर्न लागेको हो । एकीकृत कारोबारको लागि दुुवै बैंकको यही असार १९ सम्पूर्ण कारोबार बन्द हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया