Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल स्टक एक्सचेन्ज र आईसीएफसी फाइनान्सबीच सम्झौता

नेपाल स्टक एक्सचेन्ज र आईसीएफसी फाइनान्सबीच सम्झौता


काठमाडौं, असार १८
नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । दुुवै संस्थाबीच प्रतिऋणपत्र अङ्कित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको दुुई लाख थान १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।

सम्झौतामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका हुुन । फाइनान्सले सर्वसाधारण समक्ष ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत् दुुई लाख थान १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको दुुई लाख थान ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७३ लाख ७० हजार एक सय ९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १० करोड ९५ लाख ७६ हजार सात सय ६४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९२ करोड ६५ लाख दुुई हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको चैत मसान्तसम्ममा ११ अर्ब ६२ करोड ४४ लाख २३ हजार नौ सय २२ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब सात करोड ५० लाख ६५ हजार आठ सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ७१ लाख ८३ हजार पाँच सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर ) चार दशमलव ९० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब ९३ करोड २८ लाख ७१ हजार पाँच सय एक रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १४ करोड ५५ लाख १९ हजार चार सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ७० लाख दुुई सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया