साढे दुई करोड पुग्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या
काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४९ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन)सम्म मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूको संख्या दुई करोड ४९ लाख ६१ हजार एक सय ६५ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ लाख ६९ हजार छ सय ९१ ले बढी हो । राष्ट्र बैंकका अनुसार एउटै व्यक्तिको एकभन्दा बढी बैंकमा खाता सञ्चालनमा रहेकोले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पनि उच्च देखिएको हो ।
वाणिज्य बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या दुई करोड १४ लाख १३ हजार तीन सय ३४ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ लाख छ सय ३९ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको कुल संख्या एक करोड ८७ लाख १२ हजार छ सय ९५ थियो ।
विकास बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूको संख्या ३३ लाख १० हजार छ सय ७४ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार लाख ८९ हजार चार सय ५८ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा मोबाइल बैंकिङ प्रयोकर्ताको संख्या २८ लाख २१ हजार दुई सय १६ थियो । फाइनान्स कम्पनीहरूमा पछिल्लो समय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई लाख ३७ हजार एक सय ५७ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९ हजार पाँच सय ९४ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोकर्ताहरूको संख्या एक लाख ५७ हजार पाँच सय ६३ थियो ।
समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूको संख्या भने १९ लाख ६२ हजार आठ सय २७ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ हजार सात सय ८१ वटाले मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ग्राहकको संख्या १८ लाख ८७ हजार ४६ वटा छ । यसमध्ये वाणिज्य बैंकहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ता १३ लाख ६२ हजार तीन सय ४४ छ । जुन एक वर्षअघिको तुलनामा १४ हजार एक सय ८९ ले कम हो । गत वर्ष साउनमा वाणिज्य बैंकहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १३ लाख ७६ हजार पाँच सय ३३ थियो ।
विकास बैंकहरूमा इन्टरनेट बैंकिङ ग्राहकको संख्या पाँच लाख ८४ हजार तीन सय ९९ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा ८७ हजार छ सय नौवटाले बढी हो । गत वर्ष साउनमा यस्तो संख्या चार लाख ९६ हजार सात सय ९० थियो ।
फाइनान्स कम्पनीहरूबाट इन्टरनेट बैंकिङ प्रयोग गर्नेहरूको संख्या १६ हजार ८४ छ । जुन एक वर्षअघिको तुलनामा दुई हजार तीन सय ६१ले बढी हो । गत वर्ष साउनमा फाइनान्स कम्पनीहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १३ हजार सात सय २३ थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया