Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुवेदी

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुवेदी


काठमाडौं असार १९
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदमा पुुरुषोत्तम सुवेदी नियुक्त भएका छन् । दोस्रो निर्णय नभएसम्मको लागि नेपाल सरकारको निर्णयअनुसार सुुवेदीलाई कामकाज गर्ने जिम्वेवारी तोकिएको जानकारी कम्पनीले दिएको छ । यसअघि कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेशकुमार गुरागाई रहेका थिए । गुरागाईको कार्यकाल समाप्त भएपछि सुवेदीलाई अध्यक्षमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नियमावली नियम २७ को उपनियम २ बमोजिम नेपाल सरकारद्वारा सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गुरागाईको कार्यकाल यही असार १४ गतेबाट समाप्त भएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया