Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्ट्यान्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबीच सहकार्य

स्ट्यान्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबीच सहकार्य


काठमाडौं । एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम सञ्चालनको लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्थाबीच सहकार्य गरेका छन् । एसियाली विकास बैंकबाट प्राप्त हुने यो ऋणबाट सञ्चालन हुने यो कार्यक्रममा सहकार्यका लागि दुवै पक्षले सोमबार सम्झौता गरेका हुन् । एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम वित्तीय पहुँच वृद्धिमा केन्द्रित कार्यक्रम भएको र नेपालमा यस किसिमको साझेदारी पहिलो भएको स्ट्यान्र्डड चार्टर्ड बैंकले नेपालले जानकारी दिएको छ ।

यो ऋणको जोखिम बहनमा एसियाली विकास बैंक र स्टान्डर्ड चार्टर्ड बैंकबीच सहकार्य भएको छ । ’नेपालमा एडीबीको लघुवित्त कार्यक्रम सुरू गर्न पाउँदा म खुसी छु,’ एसियाली विकास बैंकका आवासीय निर्देशक अनार्ड कोचोइसले भने, ‘गरिब र सिमान्तकृत महिलाहरूको वित्तीय पहुँच वृद्धि गरेर यो कार्यक्रमले लैङ्गिक विभेद कम गर्न सहयोग पुग्नेमा म विश्वस्त छु ।’

स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले नेपाली समुदायमा नवप्रवर्तक विचार प्रसारको लागि आफ्नो अन्तर्राष्ट्रिय सञ्जालको प्रयोग गर्न कटिबद्ध रहेको बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x