Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार एक कार्यक्रमका बीच दुई करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा दुई करोड रुपैयाँ मंगलबार ट्रान्सफर गरेको छ । बाढीपहिरोको कारण मृत्यु हुने नागरिकहरूप्रति बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्छ । साथै, बैंक बाढीपहिरोकोे कारण घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडा, सहसचिव विनोद कुवँर, बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, सुशील घिमिरे, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायव प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, उपकार्यकारी अधिकृत पवन रेग्मी, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x