पर्यटन क्षेत्रमा बैंकहरूको लगानी बढ्यो
कुल दुई खर्ब ३६ अर्ब कर्जा प्रवाह
काठमाडौं । पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाएका छन् । विगत दुई वर्षयता अर्थतन्त्र सुस्त हुँदा अन्य क्षेत्रमा कर्जा विस्तार न्यून भए पनि पर्यटनसँग सम्बन्धित क्षेत्रमा बढेको देखिएको छ । विदेशी पर्यटक आवागमन बढेको र आन्तरिक पर्यटन पनि बढ्दै गएकाले होटल तथा रेस्टुरेन्ट, ट्राभल एजेन्सी, हस्तकलाजन्य उद्योगको व्यापार राम्रै भयो । यही कारण पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायहरूमा बैंकहरूको लगानी पनि बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले पर्यटकीय सेवासँग सम्बन्धित उद्योग व्यवसायमा कुल दुई खर्ब ३६ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षकोे सोही अवधिको तुलनामा २२ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बढी हो । गत वर्ष साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा दुई खर्ब १३ अर्ब ९३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंकहरूले कुल कर्जा प्रवाहको चार दशमलव ५७ प्रतिशित पर्यटन क्षेत्रमा प्रवाह गरेको देखिन्छ । गत साउनसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ६५ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान सात प्रतिशत हाराहारी छ ।
पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएको सुधारले पनि बैंकहरूलाई लगानी बढाउन प्रेरित गरेको छ । खासगरी कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा धेरै पूर्वाधारहरू निर्माण भएका छन् । पाँचतारे होटल, केबुलकारलगायतका पूर्वाधार धमाधम बनिरहेका छन् । जसले गर्दा बैंकहरूको ऋण लगानी यस क्षेत्रमा बढेको देखिन्छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनसम्म पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरूले मात्रै दुई खर्ब तीन अर्ब ८२ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १८ अर्ब ८९ करोड ६० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनसम्म वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा एक खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए । विकास बैंकहरूले पनि गत साउनसम्म पर्यटन क्षेत्रमा २७ अर्ब छ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ७५ करोड रुपैयाँ बढी हो । गत वर्ष साउनमा विकास बैंकहरूले २४ अर्ब ३१ करोड रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले गत साउनसम्म पर्यटन क्षेत्रमा पाँच अर्ब ३९ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० करोड रुपैयाँ बढी हो । गत वर्ष साउनमा चार अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- उपनिर्वाचनका लागि निर्वाचन आयोगले ताक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत
- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ
- कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
- राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट
- ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय
- साउनयता छ सयभन्दा बढीमा स्क्रब टाइफस
- महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्: परराष्ट्रमन्त्री
- बाइडेन र ट्रम्पबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया