Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न

एभरेस्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । एभरेस्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही असोज २० गते आइतबार साधारणसभा सम्पन्न गरेको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले सेयरधनीहरूलाई आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट नवीनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई आगामी चार वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । आव २०८१/८२ को लागि श्री एन अमात्य एन्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x