Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषको लाभांश पारित

नागरिक लगानी कोषको लाभांश पारित


काठमाडौं, असार २२
नागरिक लगानी कोषको लाभांश वितरणको प्रस्ताव पारित भएको छ । कोषको शनिबार सम्पन्न भएको २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । कोषले उक्त सभामार्फत बोनस सेयर वितरणपश्चात् कायम हुुने चुक्ता पुँजीमा एक बराबर ८२ दशमलव ८४ प्रतिशतको अनुुपातमा हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गरेको छ ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५ र ७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको जानकारी दिए । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्थाअनुसार नौ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकममध्येबाट आव २०७५ र ७६ मा २२ प्रतिशत बोनस सेयर र एक दशमलव १६ प्रतिशत नगद लाभांश छुट्ट्याइएको समेत अध्यक्ष भट्टराईले बताए ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन व्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्यून सेयरधनीको उपस्थितिमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी व्यक्त गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया