Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको विशेष साधारणसभा

एनएमबी बैंकको विशेष साधारणसभा


काठमाडौं, असार २२
एनएमबी बैंक लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । बैंकको आइतबार सम्पन्न विशेष साधारणसभाले क्षेत्रीयस्तरको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । कञ्चनको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः ८५ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीहरूले कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ताबराबर एनएमबी बैंक लिमिटेडको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चनलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ सात अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ । साथै, शाखा कार्यालयहरूको संख्या एक सय ८४ तथा एक्टेन्सन काउन्टरहरूको संख्या आठ पुग्नेछ । बैंकको सुदूरपश्चिम प्रदेशमा शाखाहरूको संख्या २४ पुग्नेछ । कञ्चनको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबी बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया