Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूद्वारा निक्षेप ग्राहकलाई बीमादाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूद्वारा निक्षेप ग्राहकलाई बीमादाबी रकम भुक्तानी


काठमाडौं, असार २२
बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम ब्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । बीमा सुविधाअन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तता लागि पाँच लाख, १८ घातक रोगहरूको लागि पाँच लाख तथा औषधि उपचारको लागि एक लाखको बीमा सुविधा रहेको छ ।

यस खातामा रहेका सुविधाहरूको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बीओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आइरहेकी छिन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएका छिए । बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ कारोबार गर्दै आएकी श्रेष्ठले औषधि उपचारको लागत खर्चबापत नियमबमोजिम भुक्तानी पाएकी छिन् । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आइरहको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया