विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
११ वटा बैंकले तीन महिनामा कमाए एक अर्ब ४७ करोड
काठमाडौं । विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमध्ये हालसम्म ११ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये एकाधबाहेक सबैजसो बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरूको औसत नष्क्रिय कर्जा चार दशमलव ७४ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा एक दशमलव ५२ प्रतिशत विन्दुले बढी हो । एक वर्षअघि ११ वटा विकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव २१ प्रतिशत थियो ।
वित्तीय विवरण सार्वजनिक गरेका ११ वटा विकास बैंकहरूको मुनाफा कुल एक अर्ब ४७ करोड ९० लाख ५९ हजार रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० करोड ३९ लाख १६ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको नाफा एक अर्ब १७ करोड ५१ लाख ४२ हजार रुपैयाँ थियो ।
सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैकले कमाएको छ । पहिलो त्रैमासमा मुक्तिनाथले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । मुक्तिनाथको निष्क्रिय कर्जा तीन दशमलव १६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २२ करोड ८८ लाख रुपैयाँ र निष्क्रिय कर्जा एक दशमलव ४९ प्रतिशत थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा २३ करोड ९३ लाख रुपैयाँ छ भने निष्क्रिय कर्जा तीन दशमलव ५० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा शाईनले १९ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाउँदा निष्क्रिय कर्जा दुई दशमलव ५९ प्रतिशत थियो ।
गरिमा विकास बैंकले यस वर्ष पहिलो त्रैमासमा २२ करोड ५७ लाख रुपैयाँ कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव ८२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा गरिमाले २० करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो भने दुई दशमलव ६८ प्रतिशत निष्क्रिय कर्जा थियो । यसैगरी यस अवधिमा लुम्बिनी विकास बैंकले २० करोड १९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव ६९ प्रतिशत देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लुम्बिनीको नाफा १७ करोड ३२ लाख रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव ४७ प्रतिशत थियो । कामना सेवा विकास बैंकले पनि यस वर्षको पहिलो त्रैमासमा १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ भने बैंकको निष्क्रिय कर्जा तीन दशमलव ९६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैकले ११ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ४८ प्रतिशत थियो ।
ज्योति विकास बैंकले भने यस वर्षको पहिलो त्रैमासमा १५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ९८ प्रतिशत छ । एक वर्षअघि बैंकले पाँच करोड आठ लाख रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ७५ प्रतिशत थियो । महालक्ष्मी विकास बैंकले पनि यस वर्ष नौ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ९० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा महालक्ष्मीले नौ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ५१ प्रतिशत थियो । सांग्रिला डेभलपमेन्ट बैंकले छ करोड दुई लाख रुपैयाँ नाफा कमाउँदा निष्क्रिय कर्जा चार दशमलव ६५ प्रतिशत छ । एक वर्षअघि सांग्रिलाको नाफा चार करोड ६५ लाख रुपैयाँ थियो भने निष्क्रिय कर्जा तीन दशमलव २८ प्रतिशत थियो ।
क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकले पनि यस वर्ष पहिलो त्रैमासमा दुई करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ भने तीन दशमलव २१ प्रतिशत निष्क्रिय कर्जा छ । गत वर्षको सोही अवधिमा बैंकले छ करोड १६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा एक दशमलव ९४ प्रतिशत थियो । सिन्धु विकास बैंकले दुई करोड ३० लाख ५८ हजार रुपैयाँ कमाएको छ भने निष्क्रिय कर्जा ११ दशमलव २९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ लाख २९ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव २६ प्रतिशत निष्क्रिय कर्जा थियो । क्षेत्रीयस्तरकै कर्पोरेट डेभलपमेन्ट बैंकले २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३९ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा चार दशमलव ८७ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया