छवटा फाइनान्सले नाफा कमाउँदा दुईवटा नोक्सानीमा
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था सहज देखिएको छ । गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा सञ्चालनमा रहेका १७ मध्ये अधिकांश फाइनान्स कम्पनीहरूले नोक्सानी बेहोरेका थिए । तर, यस वर्ष पहिलो त्रैमासमा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका आठमध्ये छवटाले नाफा कमाएका छन् भने दुईवटाले नोक्सानी बेहोरेका छन् । यसले फाइनान्स कम्पनीहरू यस वर्ष सहज अवस्थामा रहेका छन् भन्ने देखाउँछ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका मध्ये गत आवको सोही अवधिमा चारवटा फाइनान्स खुद नोक्सानीमा थिए ।
यस वर्ष पहिलो त्रैमासमा मञ्जुश्री, प्रोग्रेसिभसहितका छवटा फाइनान्सले खुद मुनाफा कमाउँदा बेस्ट फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी खुद नोक्सानीमा देखिएको छ । यस अवधिमा मञ्जुश्रीले आठ करोड २७ लाख ७५ हजार रुपैयाँ नाफा कमाउँदा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा मञ्जुश्रीले आठ करोड २७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । प्रोग्रेसिभ फाइनान्सले भने चालू आवको पहिलो त्रैमासमा आठ करोड नौ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सात दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा छ करोड ११ लाख ८५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको प्रोग्रेसिभमा १२ दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
आईसीएफसी फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा छ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ भने तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा ९३ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको आईसीएफसीमा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गुडविल फाइनान्सले पनि पछिल्लो अवधिमा चार करोड ९५ लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा तीन करोड ५० लाख १७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको गुडविलमा तीन दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार गोर्खाज फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा दुई करोड ४२ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सले छ करोड १६ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । यसैगरी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा ४१ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा यो फाइनान्सले दुई लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । बेस्ट फाइनान्सले भने चालू आवको पहिलो त्रैमासमा ८६ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा तीन दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा यो फाइनान्सले एक करोड ९८ लाख २२ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा पाँच दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासमा ११ करोड ३३ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा १३ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सले पाँच करोड ३९ लाख ८० हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- मानव तस्करीमा जापानबाट डिपोर्ट भएपछि मन्त्री अधिकारीले राजीनामा दिएको खुलासा !
- मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया